चम्पापुरमा एमालेको घरदैलो
Published:
by .कनकाई । नेकपा एमाले कनकाई–६ वडा कमिटीको आयोजनामा नगर प्रमुख र उपप्रमुखसहितको घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला कमिटी सदस्य तुलाराम बस्नेतको संयोजकत्वमा गठित २ सय ५१ सदस्यीय चुनाव प्रचारप्रसार समितिको पहलमा आइतबार सो घरदैलो कार्यक्रम भएको हो । सो टोलीले चम्पापुर, बत्तीसबिघा, झारबारी, बिमली टोल लगायतका क्षेत्रमा मत माग्दै घरघरमा पुगेको थियो । सो अवसरमा जनताले खानेपानी, बाटोघाटो, बिजुली, रोजगारी, ऐलानीपर्तीको धनीपूर्जा लगायतका समस्याहरू राखेका थिए ।
उक्त घरदैलो भेटघाट कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवारहरू नगर प्रमुखमा राजेन्द्रकुमार पोखरेल, उपप्रमुखमा मञ्जु प्रसाईं, वडा नं. ६ का वडा अध्यक्षका उम्मेदवार दीर्घबहादुर थापा, खुला सदस्य कमल बस्नेत र सन्तोष सोरेन, महिला सदस्यमा द्रौपदा आचार्य र दलित महिला सदस्यमा कल्पना वि.क. सहभागी थिए ।
सो भेटघाट कार्यक्रमको एमाले केन्द्रीय सल्लाहकार सूर्य उप्रेती, प्रदेश कमिटी सदस्य टंकबहादुर कार्की, जिल्ला कमिटी सदस्य ओमप्रसाद पाठक, कनकाई नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईं, महिला नेतृहरू सीता बस्नेत, राधिका ओली, दिव्यसरा फुयाँल लगायतले नेतृत्व गरेका थिए ।
Comments