को हुन् तुलसी खतिवडा ?
Published:
by .नेपालको कम्युनिष्ट आन्दोलनको एक अविचलित योद्धा हुन् तुलसी प्रसाद खतिवडा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.२ र ३ को दोसाँध खुदुनावारीमा उनको घर पर्छ ।
खतिवडाले शान्ति सामुदायिक वनको अध्यक्षको नेतृत्व समालेपछि अर्जुनधारा वडा –२ मा थप लोकप्रिय र मजबुत भए ।
सामाजिक संघसंस्थामा काम गर्दा कुशलतापूर्वक, आर्थिक पारदर्शिता सहित काम गर्न कुशल मानिने खतिवडा यतिबेला अर्जुनधारा–२ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षको प्रत्यासी उम्मेद्वार समेत हुन् ।
फाल्गुन्द गाउँपालिका, जिल्ला पाँचथरमा २०२६ साल मंसिर २२ गते शनिबार आमा जानुका र बुबा टिकाराम खतिवडाको कोखबाट जन्मिएका तुलसी सार्वजनिक पदमा रहँदा सामाजिक सुशासन र भष्ट्रचार रहित शासन व्यवस्था कायम गर्न नेतामा गनिन्छन् ।
त्यसैले शान्ति सामुदायिक वनको दोस्रो कार्यकालमा पनि त्यहाँका उपभोक्ताले सर्वसम्मत रुपमा नेतृत्वमा ल्याएँ । जिवनमा आधा दर्जनभन्दा बढि संघसंस्थाको सफल नेतृत्व समालिसकेका खतिवडा संस्थालाई कमाई खाने भाडोको रुपमा अनूभुति गरेनन्, सधैँ सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारीमा तल्लिन भए । कुनै पनि सार्वजनिक पदधारण गर्न इच्छुक व्यक्ति स्वयंमा विशेष गुण, योग्यता–क्षमता हुन सकेन भने प्रकारन्तरमा परिणाम अनपेक्षित हुन्छ ।
जसले गर्दा ठूलो, प्रभावकारी र दूरगामी असर हुन्छ । नीतिगत रुपमा भूमिका प्रभावकारी गर्न सक्ने नेताको कोटिमा गनिने खतिवडाले हालसम्म जनता उच्च मावि व्यवस्थापन समिति अध्यक्ष, सुखानी कृषि सहकारी संस्थाको अध्यक्ष, साविक खुदुनावारी गाविसको संयन्त्र सदस्य,मेची पहाडी यातयात सचिव हुँदै विभिन्न मजदुर संगठनरभातृ संगठन सहित गाउँ कमिटी, क्षेत्रीय कमिटी र अहिले नेकपा एमालेको जिल्ला कमिटी सदस्य छन् । त्यसैले अर्जुनधारा वडा –२ मा नेकपा एमालेको तर्फबाट अनुभवी योग्य उम्मेद्वार तुलसी खतिवडाको नाम चयन ग¥यो ।
खतिवडाले विभिन्न संघसंस्थामा कुशलतापूर्र्वक कार्य समालिसकेको अनुभव छ ।
अर्जुनधारा–२ मा वडअध्यक्ष रघुनाथ खनालको नेतृत्वको कार्यकालमा हेर्दा उल्लेख्य काम भएका छन् । विकास निर्माणको कुरा गर्दा विकासको रुपरेखा कोरिएको छ, आफ्नै वडा कार्यालय निर्माण भएको छ । मूल फुटेको ठाउँबाट पानीको प्रवाह भएझैँ निरन्तर बटुलबाटुल पारेर योजनाबद्ध विकासको फड्को अघि बढाउन खतिवडाले नयाँपनको अनुभूति दिलाउन सक्ने विश्वास लिएको पाइन्छ ।
२०४३ सालदेखि नेपालको कम्युनिष्ट आन्दोलनबाट राजनीतिक आबद्धता अघि बढाएका खतिवडाले पुराना कम्युनिष्ट नेता उपेन्द्र आचार्य र एलबी सुब्बाबाट पार्टी सदस्यता लिएका हुन् । आजको संविधान कार्यान्वयन र यसका अन्तरवस्तु उपर अन्तरघुलित भएर नयाँपन दिन जोश, जाँगर र संक्रियता देखाउन सक्ने क्षमता छ । राजनीतिलाई अवसर वा लाभको रुपमा मात्र नबुझ्ने र जनताको दिनचर्यामा आधारित सेवाको रुपमा तल्लिन रहने खतिवडाप्रति यस वडाका आम नागरिकहरुको मन लोभिएको पाइन्छ ।
स्थानीयवासीका अनुसार– आधारभूत रुपमा सामान्य कृषक घरपरिवार जन्म लिएका सम्भावित यस क्षेत्रका वडाअध्यक्षको जीवनले भोगेका व्यहोरेका कहालीलाग्दो विगत आफैमा प्रेरणास्पद छ । एक दशकपूर्वसम्म मूलतः चरम गरीबीका कारण हेपिएको एउटा सामान्य कृषक परिवारमाझ हुर्केको बाल्यकालदेखि नै कक्षामा, स्कुलमा र समाजमा बुद्धिको तीक्षणता, अगुवाई गर्ने पहलकदमी लिने क्षमता थियो ।
उनी २०४९ सालमा १५ हजार रकम लिएर पाँचथरबाट झापा बसाई सरेँ । अर्जुनधारालाई कर्मभूमि बनाएर उनले यसबीचमा सामाजिक रुपमा परिवर्तन र रुपान्तरणको क्षेत्रमा थुप्रै काम गरेँ, आफ्नो छुट्टै पहिचान स्थापित गरेँ । सबै तह–तप्का उमेर समूहका आममानिसमाझ उपस्थित हुन र तिनको मनोभावनाको नेतृत्व गर्ने क्षमता स्थापित गरेँ । आर्थिक पारदर्शितामाथि छर्लङ्ग रहने उनको स्वभावले आफ्ना मौलिक वस्तुगत योजना निर्माण र यसको चुस्त कार्यान्वयनले लाप्चेटार, साठीमुरे, दालटार, बेल्टार लगायतका घरगाउँ र घरगाउँलाई खुुदुनवारी बजारसँग सन्तुलनकारी ढङ्गले जोड्न सक्नुहुन्छ । जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मातहतका कानुनी प्रावधानहरुलाई अनुसार आफ्नो योग्यता–क्षमताको कुशलतालाई प्रवाह गर्ने भिजन मिसन राख्ने उनबाट अर्जुनधारा–२ को एक कदम फड्को मार्ने विश्वास स्थानीयवासीले गरेको पाइन्छ । प्रस्तुतीः सागर गौतम
Comments