Sajhamanch Archive

१९ वर्षमुनिको विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा

Published: (Updated: ) in खेलकुद, विश्व समाचार, समाज by .

काठमाण्डौ । १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले अर्को महिना मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्व कप एसिया क्षेत्र छनोटका लागि दोस्रो चरणमा हिजो सोमवार १८ सदस्सीय टोलीको घोषणा गरेको हो । क्यानले यसअघि ४४ सदस्यीय टोली बोलाएको थियो ।

अर्को वर्ष दक्षिण अफ्रिकामा हुन लागेको १९ वर्षमुनिको महिला विश्व कप छनोटमा एसिया क्षेत्रबाट नेपाल, मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । शीर्ष स्थानमा रहने टोलीले सन् २०२३ मा जनवरी–फेब्रुअरीमा हुने विश्व कप खेल्नेछन् । छनोट आउँदो जुन ४ तारिखदेखि सुरु हुनेछ ।

नेपाली टोलीमा किरण कुवँर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, सावित्रा धामी, अलिशा यादव, रन्जु श्रेष्ठ, अन्जली बिक, हिरन्मायी रोय, अलिशा खडीया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा राना मगर, प्रतिमा शाह, ज्योत्निस्का मरासिनी, मनिषा चौधरी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *