नेपालले जिम्बावे ए लाई हरायो
Published:
by .काठमाडौँ । तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले जिम्बावे ए लाई हराएको छ। नेपालले जिम्बावे ए माथि ८ विकेटको जित निकालेको हो। जिम्बावे ए ले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले ओभरमा दुई विकेट गुमाएर भेटायो।
नेपालका लागि आशिफ शेखले नटआउट ८७ रन बनाए। यस्तै कुशल भुर्तेल ३४ र बसिर अहमद १० रन बनाएर आउट भए। बलिङतर्फ जिम्बावे ए का लोके जोङ्गी र ब्रान्डन मभुताले एकरएक विकेट लिए। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ए ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनायो।
त्यस्तै रोए कायाले ४९, तदिवान्शे मौरामनीले २७ र लुके जोङ्गेले नटआउट २३ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र बसिर अहमदले एकरएक विकेट लिए। जिम्बावे ए का तीन जना खेलाडी रन आउट भए।
योसँगै तीन खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ। यसअघि पहिलो टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।
Comments