झापा गाउँपालिकामा एमालेको चुनावी घरदैलोमा तिब्रता
Published:
by .झापा । झापा हल्दिवारी गाउँपालिकामा नेकपा एमालेका उम्मेद्बारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
अध्यक्ष पदका उम्मेद्बार डम्बरबहादुर गिरि ,उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतम र वडा नम्बर ४ का वडाध्यक्ष पदका उम्मेद्बार रन्जित मेचे सहित सदस्य पदका उम्मेद्बारहरुले मतदाताका घर(घर पुगेर आफ्ना एजेन्डा सुनाउंदै मत मागिरहेका छन् ।
बुधबार वडा नम्बर ४ स्थित ऎनावारि, मेचे गाउँ लगायतका ठाउँमा घरदैलो सम्पन्न गरिएको निर्वाचन परिचालन समिती संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।
एमाले उम्मेद्बारहरुलाई स्थानीयले विशेष गरि बाटो ,बिजुलि र खानेपानीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।
उम्मेद्बार संगै आएका नेताकार्यकर्तालाई स्थानीयले बिकासको काम एमालेले शुरु गरेको र दुस्ख सुखमा एमालेले नै सहयोग गरेको भन्दै सुर्य चिन्न हाम्रो लागि एकमात्र मतदान गर्ने चिन्न भएको बताए ।
अध्यक्ष पदका उम्मेद्बार गिरिको पगलमा भएका बिकास संगै जनता आवास कार्यक्रमलाई सबै गरीबका आँगनमा पुर्याउन आग्रह गरेका थिए ।
जनताको कुरा सुन्दै उनिहरुले एमालेको सरकार जनताको सरकार भएकाले स्थानीयको आवस्यकता लाई पहिलो प्राथमिकता दिने बताए ।
वडाध्यक्षका उम्मेद्बार मेचेले वडा बासी र मेचे समुदायको समस्या आफ्नो समस्याको रुपमा बुझेको र यसलाई समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए ।
उम्मेद्बारहरुलाई स्थानीयले गाउँको समस्या सुनाउदै स्वागत गरेका थिए।
Comments