Sajhamanch Archive

एमालेविरुद्ध लागेको आरोपमा मेचीनगर–२ का तीन जना निष्काशित

Published: in राजनीति, स्थानीय तह by .

मेचीनगर । नेकपा एमाले मेचीनगरले वडा नं. २ का तीन जनालाई पार्टीविरोधी गतिविधि गरेको अभियोगमा पार्टीको सदस्यता समेत नरहने गरी निष्काशित गरेको छ । नगरका पार्टी अध्यक्ष राजु पोखरेलले आज प्रेस विज्ञप्ति जारी वडा नं. २ का भानु ढुंगेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई पार्टीबाट निष्काशित गरिएको जनाए ।

वडा नं. २ को अध्यक्ष पदमा पार्टीको आधिकारिक उम्मेद्वार दिपक बरालविरुद्ध गतिविधि गरेको र पहिल्यै पार्टीबाट निष्काशित स्वतन्त्र उम्मेद्वारको पक्षमा चुनावी प्रचार गरिरहेको पाइएको हुँदा उनीहरुलाई पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम निष्काशनको कार्वाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मेचीनगर वडा नं.२ को वडाध्यक्ष र सदस्य पदका नेकपा एमालेका सबै आधिकारिक उम्मेद्वारहरुलाई जिताउने अभियानमा लाग्न र पार्टीबाट निष्काशित भइसकेका व्यक्तिहरुको भ्रममा नपर्न सो वडाका सम्पूर्ण पार्टी सदस्यहरुमा विज्ञप्तिमा अनुरोध गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *