नेकपा एमाले शिवसताक्षीको चुनावी घोषणा पत्र सार्वजनिक
Published:
by .शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले स्थानीय निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
सम्बृद्ध नगर बनाउने उद्देश्यले बनाइएको ६ पृष्ठको घोषणा पत्र आज शिवसताक्षीको दुधेमा आयोजना गरिएको कोण सभामा सार्वजनिक गरिएको हो । चुनावी प्रचारप्रसारका क्रममा शिवसताक्षी ९ घर दैलो कार्यक्रम समापनको क्रममा उक्त घोषणा पत्र माननीय संसाद एलपी साँवा लिम्बु र राजिव घिमिरेले नगरकमिटी अध्यक्ष तथा मेयरका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन) लाई हस्तान्तरण गरेका हुन् । समृद्ध नगर सुखी नगरबासी बनाउनका लागि २० बुँदा र व्याख्यानसहित घोषणा पत्र तयार गरिएको छ ।
नगरका सुकुम्बासी र अव्यवस्थित जमिनको लापुर्जा, स्वरोजगार उद्यम शुलभ कर्जा लागु गर्ने । आर्थिक पारदर्शिता र बैज्ञानिक कार मापदण्ड तयार गरी नगरबासीलाई सर्व सुुलभ हुने गरी कर प्रणाली निर्माण लागु गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
बाटोको स्तरउन्नती विकासको आधार नगरव्यापी यातायातको समृद्ध नगरको पूर्वाधार तयार गर्न गएको जनप्रतिनिधिले गरेका राम्रा र सकारात्मक आयोजनाहरु निरन्तरता दिदै नयाँ ढंगबाट सडकको पूर्वाधार तयार गर्ने । साँस्कृतिक रुपान्तरण र सामाजिक सुधार सभ्य समाज र संस्कारयुक्त व्यवहार अन्तर्गत शैक्षिक बेरोजगार र युवालाई श्रमसँग जोड्दै सबै क्षेत्रमा श्रमको सम्मान गर्न प्रेरित गर्ने, सबै जातजातिका धर्म सस्कार र रीतिरिवाजहरुलाई गौरव बोध हुने गरी समाजमा प्रोत्साहन गरिने घोषणा पत्रमा समेटिएको छ ।
नगरमा आगलागीबाट धेरै धनजनको क्षति भएकाले पहिलो काम नै दमकल व्यवस्थ गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । नगरबासीमा कोही कसैको मृत्यु भएमा घटसम्म पु्याउन नगरपालिका निशुल्क सवबहानको व्यवस्था मिलाइने ।
प्राकृतिक स्रोत साधनको समुचित उपयोग र दिगो विकासका योजना बनाई प्रयोग गर्ने । युवालाई खेलमा आकृर्षण गर्दै सुविधा युक्त खेलमैदान निर्माण गर्ने । नेकपा एमालेको स्थानीय सरकार जनजनमा सहकार्य र सहयोगको विस्तार गर्ने क्रमममा नातावाद, कृपावाद, ढिलासुस्तीलाई अन्त्य गरी सुशासन कायम गरिने छ । कृषि उत्पादन बृद्धिका लागि सिचाईमा लगानी विस्तार गरी सबै कृषकहरुलाई सिँचाई पूर्वाधारको व्यवस्था गरिने, मौरी पालन, पशुपालन, बेमौसमी तरकारी खेतीलाई प्रोत्साहन गर्ने प्रतिबद्धा पत्रमा जनाइएको छ ।
सुन्दर, सफा र शान्त, पर्यटक गन्तव्य तयार गरी धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने सबै जातजातिका मठ मन्दिरहरुलाई समान व्यवहार गरी आन्तरिक तथा वाहिय पर्यटकीय गन्तव्य बनाउने । स्वास्थ्य विमा सर्व सुलभ उपचार, गरिब दुःखी भलाईका लागि स्वास्थ्य बिमालाइ निरन्तरता दिइने, सुत्केरी पोषण, अर्बुद, मुटु मस्तिष्क घात लगायतका रोगलागेमा नागरिक सहयोग गर्न प्रति वडा १० जनाको दरले बीमा गराई सम्पूर्ण खर्च व्यवस्थापन गर्न नीति निर्माण गर्ने लगायतका सुविधा दिइने उल्लेख छ ।
कनकाई नहरको आधुनिकीकरण प्रणाली, कनकाई नदिलाई बहुउद्देश्यीय आयोजनामा सञ्चालन गर्ने, विद्युत लाइनलाई व्यवस्थि गर्ने, स्वच्छ खानेपानीको व्यवस्था, शिक्षालाई गुणस्तरीय र सर्ब सुलभ बनाउने, कृषिमा आधारित उद्योगको स्थापना , सौयृ उजाको उत्पादनलाई प्रत्साहन जस्ता धेरै योजनाहरु घोषणा पत्रमा उल्लेख गरिएको छ ।
Comments