Sajhamanch Archive

एमाले र काँग्रेसका कार्यकर्ताबिच झडप, वडाध्यक्षका उम्मेदवार घाइते

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by .

काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिकामा–६, बादे पीपलमा नेपाली काँग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबिच झडप भएको छ । बिहीबार राति ११ बजेतिर दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताए ।

झडपमा परी काँग्रेसका तर्फबाट सिम्ता–५ को वडाध्यक्षका उम्मेदवार रहेका उपेन्द्र सिंह र समर्थक सुरजसिंह ठकुरी घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य छ । प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रुग्याँस प्रहार गरेको थियो । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली खटाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *