बहुतलिय बहुउद्देश्य बसपार्कको सम्भावना छः बुढाथोकी
Published:
by .मेचीनगर । नेकपा एमालेबाट मेचीनगर मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले काँकरभिट्टामा बहुतलिय बहुउद्देश्य बसपार्क बनाउने योजना रहेको बताएका छन् ।
आइतबार मेचीनगर–६ स्थित काँकरभिट्टामा एमालेको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी उम्मेद्रवार बुढोथोकील यस्तो कुरा बताएका हुन् ।
उनले साँघुरो बसपार्कका कारण साना–ठुला सवारी साधन तथा व्यापारिक भवनहरु नभएकाले पनि बहुतलिय बहुउद्देश्य बसपार्क बनाउन प्रयत्न गरिने बताए ।
‘काँकरभिट्टा बजार अन्तराष्ट्रिय नाका भएकोले विगतमा यस विषयमा छलफलहरु भएका छन्’, बुढाथोकीले भने–‘५, ७ वा १० तला सम्मको आधुनिक बहुउद्देश्य बसपार्क बनाउन सके मेचीनगरलाई समृद्व नगर बनाउन सकिनेछ ।’
उनले मेचीनगर नगरपालिकाका प्रथम मेयर रविन कोइरालाको पालामा यस विषयमा कुरा उठेको बताए । सो योजनालाई सम्भव भएसम्म कोशिस गरिने उनले बताए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम झापा सहइन्चार्ज रविन कोइरालाले मेचीनगरलाई नमुना नगरपालिका बनाउन पनि एमालेका उम्मेद्रवारहरुलाई जिताउन आवश्यक रहेको दावी गरे । घरदैलो अभियानका सहजकर्ता राजु कार्कीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
Comments