जिम्बावे ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा, खेल ३३ ओभरको हुने
Published:
by .काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । जिम्बावे ‘ए’ केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । ओसिलो मैदान भएका कारण टसमा ढिलाई भएको थियो । अब खेल ३३ ओभरको हुनेछ ।
सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएको छ । आरिफ शेख र सागर ढकाल बाहिरिँदा बसिर अहमद र किशोर महत्व टिममा परेका छन् ।
नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । तीन खेलको सिरिज १–१ को स्थितिमा छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।
Comments