Sajhamanch Archive

हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । आउँदो जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।
सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यही निर्णय आज मङ्गलवार राजपत्रमा प्रकाशित भएको हो ।

यो बिदा लागू भएसँगै सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *