कमल गाउँपालिकाद्वारा ५१ जना ज्येष्ठ नागरिकलाई सम्मान
Published: (Updated: )
by .कमल । झापाको कमल गाउँपालिकाको आयोजनामा सोमबार २८ औं अन्रतराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।
“ज्येष्ठ नागरिक मानव अधिकार अभियन्ताहरुको अभिनन्दन गरौं” भन्ने नाराका साथ कमल गाउँपालिकाकोले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै २५ औं अल्जाईमर रोग सम्बन्धि अन्तरक्रिया गरेको गाउँपालिकाले जनाएको छ ।
कमल गाउँपालिका ज्येष्ठ नागरिक मन्चका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ५१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
त्यसैगरी अल्जाईमर रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागीलाई गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले सहजीकरण गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकाल, महिला तथा बालबालिका शाखाका प्रमुख रेनुका गौतम, वडा नम्बर २ का वडाध्यक्ष तारानाथ न्यौपाने, ज्येष्ठ नागरिक राजकुमार श्रेष्ठ लगायतले ज्येष्ठ नागरिक मानव अधिकार अभियन्ताहरुको अभिनन्दन गरौं मन्ने नारालाई साकार पार्न सबै नागरिकले आ–आफ्नो जिम्मेवारीसाथ लाग्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्नु पर्ने बताएका थिए ।
कार्यक्रमको सन्चालन स्वास्थ्य शाखाका संयोजक तुलसी काफ्लेले गरेका थिए ।
Comments