अहिलेकै गतिमा मतगणना गरे काठमाडौंको परिणाम आउन ३० दिन लाग्ने
Published:
by .काठमाडौं । काठमाडौं महानगरपालिकामा पछिल्लो २४ घण्टामा ६ हजार मतगणना भएको छ। अहिलेको गतिमा मतगणना भए काठमाडौं महानगरपालिकाको मतगणना गर्न ३० दिन लाग्ने देखिएको छ।
३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा ६३ प्रतिशत मतदान भएको थियो। प्राप्त भएको तथ्याङ्कअनुसार काठमाडौंमा १ लाख ९१ हजार मत खसेको थियो। २०७४ सालमा भएको निर्वाचनमा काठमाडौं महानगरको मतगणना गर्न १४ दिन लागेको थियो। त्यतिबेला मतगणनामा ढिलाई भएपछि निर्वाचन आयोगले हस्तक्षेप गर्दै छिटो गणना गर्न निर्देशन दिएको थियो।
अघिल्लो स्थानीय निर्वाचनमा परिणाम आउन ढिलाई भएकै कारण यसपटक आयोगले मुख्य निर्वाचन अधिकृतहरूई ७ दिन भित्रै मतगणना सम्पन्न गर्ने गरि व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो। तर मुख्य निर्वाचन अधिकृतहरूले मतगणना छिटो गर्ने विषयमा ध्यान पुर्याउन सकेका छैनन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना गर्ने जिम्मेवारी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको हुने बताए। कानुनले उहाँहरूलाई जिम्मेवार बनाएको छु, प्रवक्ता शर्माले भने, आयोगले पनि यो विषयलाई नोटिसमा लिएको छ। आयोगले उचित निर्णय गर्छ। निर्वाचन आयोगले जेठ ६ गतेसम्म परिणाम नआए संवैधानिक रूपमा रिक्तताको अवस्था आउने उल्लेख गरेको थियो।
Comments