Sajhamanch Archive

२२ पालिकाको नतिजाः एमाले ९ मा र कांग्रेस ८ मा विजयी

Published: in समाज, स्थानीय तह by .

काठमाडौं । हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्। अहिलेसम्म २२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ८ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।

अहिलेसम्म मनाङका सबै पालिकाहरुको परिणाम आएको छ। मुस्ताङको थासाङ गाउँपालिकाको मात्र मतगणना जारी छ।

नेकपा एमाले विजयी भएका पालिकाहरुः
– मनाङको मनाङ ङिस्याङ गाउँपालिकाः अध्यक्ष कान्छा घले विजयी
– मनाङको चामे गाउँपालिकाः अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
– मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकाः अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाः अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
– मुस्ताङको लोमान्थाङ गाउँपालिकाः अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
– डोल्पाको से फोक्सुण्डो गाउँपालिकाः अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
– सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाः अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
– बझाङको साइपाल गाउँपालिकाः अध्यक्ष मानबहादुर बोहोरा विजयी
– नवलपुरको बौदीकाली गाउँपालिकाः अध्यक्ष प्रकाश ओझा विजयी

नेपाली कांग्रेस विजयी भएका पालिकाहरुः
– मनाङको नार्पा भूमी गाँउपालिकाः कोन्जो तेन्जीङ लामा विजयी
– मनाङको नासोँ गाउँपालिकाः धनबहादुर गुरुङ विजयी
– मुस्ताङको घरपोझङ गाउँपालिकाः मोहनसिंह लालचन विजयी
– गुल्मीको रेसुङ्गा नगरपालिकामाः खिलध्‍वज पन्थी विजयी
– गन्यापधुरा गाउँपालिकाः अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
– गुल्मीको गुल्मीदरबार गाउँपालिकाः अध्यक्ष सरोजकुमार थापा विजयी
– डोटीको बडीकेदार गाउँपालिकाः अध्यक्ष भैरवबहादुर साउद विजयी
– हुम्लाको खार्पुनाथ गाउँपालिकाः अध्यक्ष कर्णबहादुर रावल विजयी

नेकपा माओवादी केन्द्रः
– डोल्पाको जगदुल्ला गाउँपालिकाःअध्यक्ष नारसिङ रोकाय विजयी
– दैलेखको नौमुले गाउँपालिकाः अध्यक्ष छविराम सुवेदी
– बाग्लुङ ताराखोला गाउँपालिका ः अध्यक्ष धनबहादुर विक

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिकास्
– डोल्पाको छार्का साङतोङ गाउँपालिकाः अध्यक्ष सेनाङ गुरुङ विजयी
– डोल्पाको काइके गाउँपालिकाः अध्यक्ष अंगदकुमार राना विजयी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *