Sajhamanch Archive

कनकाईको मेयरमा एमालेका राजेन्द्र, उपमेयरमा काङ्ग्रेसका आशा विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

बिर्तामोड । झापा कनकाई नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल विजयी भएका छन् । उनले ८ हजार ६७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा नेपाली काङ्ग्रेसको उम्मेदवार आशा शर्मा शिवाकोटी विजयी भएकी छन् । उनले १० हजार ७१३ प्राप्त गरेकी थिइन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मञ्जु प्रसाईले ८हजार ८४५ मत प्राप्त गरेकी थिइन् ।

झापामा कनकाई नगरपालिका विना विवाद गणना सम्पन्न गरेको स्थानीय तह भएको छ ।कनकाईमा वडा नं. ७ र ८ मा कांग्रेसले जितेको छ । ९ वटा वडा रहेको कनकाईमा बाँकी वडाहरु एमालेले विजयी हासिल गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *