Sajhamanch Archive

गुप्तचर मुख्यालयमा रुखको हाँगो भाँचिएर सूचकको मृत्यु

Published: in समाज by .

काठमाडौं । सिंहदरबार स्थित राष्ट्रिय अनुसन्धान विभागको मुख्यालयमा रुखको हाँगो भाँचिएर सूचकको मृत्यु भएको छ । बुधवार साँझ हावाहुरीको कारण भाँचिएको हाँगोले लागेर २७ वर्षीय सूचक विजय कार्कीको मृत्यु भएको हो ।

पाल्पाको रम्बा गाउँपालिका–५ घर भएका कार्कीलाई हाँगाले लागेपछि उपचारका लागी बानेश्वर स्थित सिभिल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा क्यान्टिनबाट खाना खाएर निस्कँदै गर्दा हावाहुरीको कारणले भाँचिएको हाँगोले लागेको थियो । कार्कीको शव पोस्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *