Sajhamanch Archive

गौरादहको मतगणना आजदेखि सुचारु

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

झापा । शुक्रबारदेखि रोकिएको झापा गौरादहको मतगणना आजदेखि सुचारु भएको छ । आज बिहानदेखि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत विदुरकुमार कार्कीले बताए ।

गौरादह वडा नं ७ को अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा नेकपा एमालेका बलराम खरेल एक मतको अन्तरले विजयी भएपछि नेपाली कांग्रेसले पुनः मतगणनाको माग गर्दै गणना अवरुद्ध पारेको थियो । मत परिणाम अनुसार एमालेका खरेलले १०२० र कांग्रेसका दिलनाथ कटुवालले १०१९ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयले घोषणा गरिसकेको मतलाई नै सदर मान्ने र वडा नं ८ बाट गणना शुरु गर्ने जिल्लास्तरीय दलहरुबीच सहमति भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *