आगामी आर्थिक वर्ष नेपालले ‘क्रेडिट रेटिङ’ सम्पन्न गर्ने
Published:
by .काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्ने भएको छ । सरकारले नीति तथा कार्यक्रमको योजनामै समेटेर आगामी आर्थिक वर्ष क्रेडिट रेटिङ सम्पन्न गर्ने जानकारी दिएको हो ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्, ‘आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने छ ।’ हालसम्म नेपालको अर्थतन्त्रको क्रेडिट रेटिङ गरिएको छैन ।
फलस्वरूप नेपालको अर्थतन्त्रको जोखिम वहन क्षमता र भारवहन क्षमताबारे जानकारी मिलेको छैन । त्यसैले विदेशी लगानीकर्ताहरूले नेपालमा ठूला विदेशी लगानी ल्याउन मानिरहेका छैनन् । तर, क्रेडिट रेटिङ सम्पन्न भएपछि विदेशी लगानी बढ्ने अपेक्षा सरकारको छ ।
यस्तै, भण्डारीले आगामी आर्थिक वर्ष नेपालको पूँजी बजारलाई थप व्यवस्थि र सुदृढ बनाउने समेत जानकारी दिइन् । यसका लागि उत्पादनमूलक क्षेत्रलाई सेयर बजारमा ल्याउने र लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्ने नीति लिने बताइएको छ । यसैगरी, जीवन र निर्जीवन बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्ने सरकारको योजना रहेको समेत उनले बताइन् ।
Comments