चन्द्रगढीकी शान्ताको आफ्नै छोराले गरे हत्या
Published:
by .झापा । आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् । ४२ वर्षीया आमा शान्ता सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो ।
हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तालाई शनिवार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार प्रहार गरेका थिए । बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको विराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सौगातलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments