Sajhamanch Archive

शिवसताक्षी २ मा रक्तदान, ७५ प्रिन्ट रगत संकलन

Published: in समाज by .

शिवसताक्षी । शिवसताक्षीको वडा नं. २ रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । झापामा रगतको अभावलाई मध्यजनर गर्दै नेकपा माओवादी केन्द्रको आयोजना रक्तदान कार्यक्रमको आयोजन गरिएको हो । रक्तदानमा ७५ प्रिन्ट रगत संकलन गरिएको थियो ।

झापामा रगतको अभाव भएको थाहा भएपछि अत्कालन रक्तदान कार्यक्रम गरिएको शिवसताक्षी नगरपालिका वडा नं. २ का नवनिर्वाचत वडाध्यक्ष भिम नेम्वाङ्गले जानकारी दिए । दमक रेडक्रमको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको उनले बताए ।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले पनि रक्तदान गरेका थिए । उनले रक्तदान गर्ने क्रममा निर्वाचनको थकाईको प्रवाह नगरी रगत अभावको कुरा आएपछि अभावलाई केही टेवा पु¥याउने उद्देश्यले रक्तदान गरिएको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराई, उपाध्यक्ष प्रेम याम्फु राई , प्रदेश सदस्य भुवन राई, नगरका प्रसासकीय अधिकृत प्रकाश चौधरी, सताक्षी प्रेस क्लब अध्यक्ष सेलिङ केसी लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *