वडाध्यक्ष आङ्गवोद्वारा पदभार ग्रहण, बृद्ध भत्ता घरमै पु¥याइने
Published:
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ का नवनिर्वाचित वडाध्यक्ष बहादुर आङ्गबोले पद भार ग्रहण गरेका छन् ।
शिवसाक्षी नगरपालिकामा सपथ ग्रहण गरे पश्चात ११ नं. वडा कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन् । उनलाई वडा सचिव नन्दिकिशोर भट्टराईले पद भार ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै वडाध्यक्ष आङ्गबो भने, वडाका ८० वर्ष माथि ज्येष्ठ नागरिक र अशक्तलाई घर–घरै गएर भत्ता दिइने व्यवस्था मिलाउँछौ ।
सरकारले दिएको बृद्धा लिनका लागि ज्येष्ठ नागरिकहरु बैंकसम्म जान असहज भएको भन्दै उनले घरमै भत्ता पु¥याउने व्यवस्था मिलाउने पहिलो निर्णय गरेको बताए । बैंक सँग समन्वय गरी सहज र शुलभ तरिकाले ज्येष्ठ नागरिकलाई भत्ता वितरणको व्यवस्था मिलाउने नै पहिलो काम हुने उनको भनाई थियो । त्यस्तै वडामा आउने घरबाटो सिफारिस, जन्म दर्ता, मृत्यु दर्ता जस्ता कामहरु छिटो र छरितो तरिकाले गर्न वडा सदस्यहरु मार्फत काम गराइने भएको छ । सँधै झै वडा कार्यालय अगाडी निवेदन लेखाई रकम असूल्ने कार्यलाई निरुसाहित गर्दै वडा चाहिने कागजहरु विनाशुल्क मिलाइने व्यवस्था मिलाउने गरी काम गर्ने अध्यक्ष आङ्गबोले बताए ।
पदभार ग्रहणका क्रममा वडाध्यक्ष आङ्गबोलाई वडाका कर्मचारीहरु, विभिन्न दलका प्रतिनिधि, शुभचिन्तकहरुले खादा लगाइदिएर स्वागत गरेका थिए ।
त्यसैगरी शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाद प्रसाईले पनि पदभार ग्रहण गरेका छन् । वडा नं. ४ ले वडामा भएको अति विपन्न नागरिकहरुलाई निशुल्क स्वास्थ्य विमा गरिदिने पहिलो निर्णय गरेको छ ।
Comments