Sajhamanch Archive

शिवसताक्षीमा सुप्पर बैज्ञानिक कर प्रणाली लागु गर्ने, नगर प्रमुख थोप्राको प्रतिबद्धता

Published: (Updated: ) in समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन)ले अब सुपर बैज्ञानिक कर लागु गर्ने बताएका छन् ।

आज नगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा आफ्नो प्रतिबद्धता व्यक्त गर्ने क्रममा उनले शिवसताक्षीमा विगतमा लागु गरिएको करप्रणालीमा व्यापक जन गुनासो आएकाले कर प्रणालीलाई समायोज गरी सुपर बैज्ञानिक कर लागु गर्ने बताए ।

हाल नगरपालिकाले लागु गराएको एकीकृत सम्पत्ती कर अन्तर्गत आम्दानी नभएका जग्गा वा खोलाको बगरमा स्रेस्ता भएको जग्गाहरुको कर लगाउँदा नगरबासी मारमा परेको गुनासो आफुले सुनेकाले अब उक्त स्थानहरुको कर समायोजन गरी सुपर बैज्ञनिक ढंगबाट कर प्रणाली लागु गर्न छलफल चलाउने समेत उनको भनाई थियो । उनले अब तत्कालै नगरमा हेल्प डेक्स राख्ने बताए ।

नगरमा आउने सेवाग्राहीहरुले झन्जटिलो प्रकृया हुने, नगरमा विभिन्न प्रकारका योजना सम्झौता, फिफारिस लगायत काम गर्न आवश्यक कागजातहरु थाहा नभई धरै दिन नगरपालिका धाउनु पर्ने बाध्यता रहेकाले हेल्प डेक्सले त्यस्ता समस्याको समाधान गर्ने उनको भनाई थियो । त्यस्तै कृषकलाई मलको उचित व्यवस्थापन लागि पनि पहल गरी सर्वसुलभ तरिकाले कृषकलाई मल उपलब्ध गराउने पनि प्रमुख थोप्रालेल प्रतिबद्धता जनाए । त्यस्तै शिक्षाको क्षेत्रमा पनि सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्ने बनाउने र शिक्षकहरुलाई विभिन्न तालिमहरु दिई निजी विद्यालयको भन्दा पनि गुस्तरीय शिक्षाका गौरव गर्न सक्ने वातारण तयार गर्ने उनको भनाई थियो ।

विगतका वर्षहरुमा बारुण यन्त्रको अभावमा शिवसताक्षीका नागरिकहरुले मानविय क्षति समेत व्यहोर्नु परेको भन्दै उनले पदभार ग्रहणकै क्रममा दमकल खरिद गर्ने निर्णय गरे ।

त्यस्तै गरी नगरमा कुनै पनि नागरिकको मृत्यु भएमा घाट सम्म लैजानका लागि दाहसंकार बहानको पनि व्यवस्था गरिदै लैजाने उनले जानकारी दिए । भ्रष्टचार न्युनिकरणका लागि आजैबाट काम सुरु गर्ने बताउन्दै उनले ११ वटै वडाका वडाध्यक्षहरुलाई आजैबाट पदभार ग्रहणगरी वडाको काम गर्न सुझाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *