Sajhamanch Archive

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आउँदो आर्थिक वर्ष २०७९/२०८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

आज शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आउँदो वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन ।

उनले भने, ‘सम्माननीय राष्ट्रपतिबाट संवत् २०७९ जेठ १० गते मङ्गलवारका दिन सङ्घीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९/२०८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु ।’

राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *