Sajhamanch Archive

पातन्जल योगद्वारा नव निर्वाचित जनप्रतिनिधीलाई स्वागत सम्मान तथा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

Published: (Updated: ) in विविधा, समाज by .

कमल । पातन्जल योग समिती नेपाल दमक नगर समितीले आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीलाई स्वागत सम्मान र प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरेको छ ।

नगरपालिकाको वडा नम्वर ७ स्थित पौडेल वंशोद्वार प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा बैशाख ३० गते सम्पन्न स्थानिय तह सदस्य निर्वाचनबाट नगरपालिको नगरप्रमुखमा निर्वाचित राम बहादुर थापा उपप्रमुखमा रेगिना भट्टराई प्रसाई वडा नम्वर ७ का वडा अध्यक्ष भिम प्रसाद पौडेल वडासदस्य अजित बान्तवा राई, मान वहादुर खवास महिला सदस्य ईन्दु पौडेल र दलित महिला सदस्य तारा रणपहेलीलाई स्वागत सम्मान गरिएको थियो ।

त्यस्तै प्रारम्भिक योग पशिक्षक पशिक्षण तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
हिजो कुनै एउटा दलको झण्डा र चुनाव चिन्न लिएर म चुनावमा उमेद्वार बनेको थिए अहिले निर्वाचित भै सकेको छु , अव म कुनै एउटा दलको नभएर सम्पुर्ण नगरवासीको जनप्रतिनिधी भएको छु त्यसैले योगलाई सबै नागरिक सम्म पुर्याउनकालागी आफुले सकेको सहयोग गर्ने नगर प्रमुख राम बहादुर थापाले बताए ।

अहिले योगलाई नेपाल सरकारले पाठ्यक्रममा समेवेस गरि सकेको हुनाले आफ्नो वडामा भएको सामुदायकि विध्यालयमा यसै शैक्षिकसत्र बाट योगको कक्षा सन्चालन गर्ने व्यवस्था मिलाउने दमक नगरपालिका वडा नम्वर ७ का अध्यक्ष भिमप्रसाद पौडेलले बताए ।
सर्वाङ्गीण विकासको लागी योग अनिवार्य छ । जब सम्म मानिस स्वस्थ्य हुदैन उसले जिवनमा केहि गर्न सक्दैन त्यसैले स्वस्थ्य रहने एक मात्र उपाय भनेको दैनिक विहान २ घण्टा योग अभ्यास गर्नु हो । योगले मानिसलाई तनाव रहित निवन जिउन सिकाउछ त्यसैले पछिल्लो समय नेता, विद्यार्थी, खेलाडी, कर्मचारी लगायत सबैले योग गर्न आवश्यक रहेक पातन्जली योग समिती नेपालकी दमक नगर अध्यक्ष हेमन्तिदेबी गजुरेल बताइृन् ।

नेपाल सरकारले विध्यालयको पाठ्यक्रममा योगलाई समावेस गरे पनि प्रशिक्ष अभावका कारण अहिले विद्यालयमा योगको कक्षा सन्चालन हुन सकेको छैन त्यसैने नवनिर्वाचित जनप्रतिनिधीले यस विषयमा गम्भिर लाएर लाग्नु पर्ने छ । जनप्रतिनिधीले आवश्यक सहयोग गरेमा पातन्जल योग समिती नेपालले प्राविधिकपक्षमा पुर्ण रुपमा सहयोग गर्ने पातन्जली योग समिति नेपालका उपाध्यक्ष तथा विभागिय प्रमुख गंगा ढकालले बताए ।

पछिल्लो समय आयुर्वेद चिकित्सा पद्घती र योग लाई सँगसँगै लान आवश्यक छ । यी दुबै मानव स्वस्थ्यका लागी अपरिहार्य छन् । दमक नगरपालिकामा योग भै रहेपनि सरकारी तवर बाट आयुर्वेद चिकित्सा पद्घति नभएकोले त्यसलाई दमक नगरपालिकाले सन्चालनमा ल्याएर जनतालाई निशुल्क उपचार दिने व्यवस्था मिलाउन पातन्जल योग समिती नेपालका केन्द्रिय सदस्य जिपी तिवारीले बताए ।
कार्यक्रम पातन्जल योग समिती नेपाल दमक नगर समितीका सचिव अम्बर बस्नेतले सन्चालन गरेका थिए भने जिल्ला कोषध्यक्ष लिला भारती वनले शाब्दिक शब्दद्वारा स्वगत गरेकी थिईन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *