हटाइयो बिर्तामोडको ट्राफिक आइल्याण्ड वरिपरि घेराबारा
Published:
by .बिर्तामोड । लामो समयदेखि बिर्तामोडको ट्राफिक आइल्याण्ड वरिपरि घेराबारा भएका कारण ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि त्यसलाई हटाइएको छ । २०४६ सालको जन आन्दोलनको स्मृतिमा बनाइएको स्तम्भ वरिपरि घेराबारा गरिएपछि त्यस स्थानमा ट्राफिक प्रहरीले उबिएर काम गर्ने अवस्था थिएन । सो स्थानलाई खुल्ला राख्न विभिन्न प्रयास गरिएपनि सम्भब भएको थिएन ।
तर, अभियन्ता तथा राजनीतिकर्मी तीर्थ सिग्देलले सन्चालन गरेको होस्टेमा हैसे अभियान अन्तर्गत उनले यो बिसयमा सामाजिक संजालमार्फत आवाज उठाएपछि अहिले त्यो स्थानमा उबिएर ट्राफिक ब्यवस्थापन गर्न सहज भएको हो । सो आवाजप्रति जन आन्दोलन स्मृति स्तम्भ निर्माण समितिले सकारात्मक रुपले लिएपछि झन सहज बनेको सिग्देलले बताए । उनले त्यसका लागि निर्माण समितिका अध्यक्ष तथा साम्सद गोपालकुमार बस्नेतलाई धन्यवाद दिएका छन् ।
Comments