Sajhamanch Archive

बजेटमा झापाः यस्ता छन् योजनाहरु

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

बिर्तामोड । सरकारले आर्थिक वर्ष २०७९/२०८० का लागि घोषणा गरेको बजेटमा झापासँग जोडिएका विभिन्न योजना परेका छन् ।

सरकारले घोषणा गरेको बजेट वक्तव्यमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने, बिर्तामोड–जलेश्वर–जनकपुर रेल यातायातको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । त्यस्तै, झापाको जोखिमयुक्त नदी कन्काई, कमल, रतुवा, मावा नदी नियन्त्रण, बाँध निर्माणको कार्यक्रम सञ्चालन गर्ने बजेट वक्तव्यमा उल्लेख छ । यस्तै, पृथ्वीनगरमा व्यवस्थित सीमा क्षेत्र सहर निर्माणको लागि अध्ययन गरिने भएको छ ।

सरकारले दमकमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्नुका साथै झापाको सदरमुकाम जोड्ने सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ । झापाको काँकरभिट्टा–लौकही सडक खण्डको विस्तार कार्य सुरू गरिने, मेची कोरिडोरको केचना–कञ्चनजघा सडक खण्डको स्तरोन्नतिका लागि रकम विनियोजन, झापा भूमिगत जल सिँचाइ आयोजनाबाट सात हजार हेक्टरमा वर्षैभरि भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको कार्यान्वयन शुरु गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *