Sajhamanch Archive

दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारीः तारा एयर

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by .

काठमाडौं । तारा एयरले आफ्नो वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ । उक्त कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीन वटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो ।

प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फेला परेको र हाल उद्धारकर्मी दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको कम्पनीले जनाएको छ । सो कम्पनीले वायुयान दुर्घटना भएको जानकारी गराउनुपर्दा दुःख लागेको बताएको छ ।

उक्त वायुयान अन्तिमपटक जोमसोम टावरसँग जेठ १५ गते बिहान १०ः०७ बजे सम्पर्कमा आएपश्चात् सम्पर्कविहीन भएको थियो । उक्त विमान १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *