Sajhamanch Archive

बजेटको भोलिपल्ट सेयर बजार घट्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । बजेटको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज एकै दिन ४५ अंकले घटेर नेप्से परिसूचक २१ सय ७८ अंकमा आइपुगेको हो । आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरका ३४ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै ३०६ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा २४८ अंकको गिरावट आएको छ ।

यसैगरी, उत्पादनमूलक समूहमा १२७ अंकको गिरावट आउँदा विकास बैंक समूह ९७ अंकले घटेको छ भने लघुवित्त समूह ७१ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहमा ६७ अंकको गिरावट आउँदा व्यापार समूह ६२ अंकले खुम्चिएको छ । यस्तै, अन्य समूहमा ४६ अंकको गिरावट आउँदा होटल एण्ड टुरिजम समूहमा ३८ अंकको गिरावट आएको छ ।

परिसूचक ४५ अंकले घट्दा एक वर्षपछि नेप्सेमा कारोबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । नकरात्मक सर्किट लागेसँगै ४० अंकले घटेर प्रतिकित्ता ३६७ रुपैयाँमा आइपुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *