Sajhamanch Archive

अग्नी पीडित नेम्वाङ्गलाई शिवसताक्षी नगरपालिकाले राहत प्रदान गर्ने

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका १ धरमपुरका अग्नी पीडितलाई शिवतसाक्षी नगरपालिका राहत प्रदान गर्ने भएको छ । आज दिउँसो धरमपुर निवासी डम्बर बहादुर नेम्वाङ्गको घर जलेर नष्ट भएको थियो ।

घर जलेको खबर पाउनसाथ शिवसताक्षी नगरपालिकाको टोली घटना स्थलमा गई क्षतिको विवरण मागेको शिवसताक्षी नगरपालिकाले जनाएको । नेम्वाङ्गको लत्ता कपडा, भाडा वर्तन लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको हो । शिवसतक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा क्षतिको पूर्ण विवरण उपलब्ध गराई नगरपालिकामा सम्पर्क गरेपछि नगरपालिकाले राहत प्रदान गर्ने बताए । उनले नगरबासीलाई भवितव्य भई आई पर्ने यस्ता घटनाले आफु र नगरपालिका नै दुःखित तुल्याएको बताउँदै पीडित नेम्वाङ्गलाई आवश्यक राहत तत्कालन प्रदान गरिने जानकारी दिए ।

नेम्वाङ्गको घरमा आज दिउँसो करिब १२ः३० बजे आगलागी भएको थियो । घरमा कोही नभएको समयमा आगलागीहुँदा मानविय क्षति भने हुन पाएन । आगलागीबाट करिब ११ लाखको क्षति भएको छ । कमलगाउँपालिको दमकल र स्थानीय बासीको सहयोगमा नियन्त्रण गरेका थिए ।

नगरपालिकामा बर्षेनी आगलागीबाट ठूलो धनजनको क्षति भएपछि शिवसताक्षी नगरपालिका प्रमुख थोप्राको पहिलो बैठकले दमकल खरिद गर्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *