Sajhamanch Archive

नेपाली कांग्रेसको आन्तरिक खिचतानी र गुटबन्दीका कारण अपेक्षित परिणाम नआएको नेकपा माओवादी केन्द्रको निष्कर्ष

Published: (Updated: ) in राजनीति, विविधा by .

शिवसताक्षी । स्थानीयतहको निर्वाचन परिणामलाई शिवसताक्षीमा नेकपा माओवादी कन्द्रले समिक्षा गरेको छ।

शनिबार दूधे स्थिति सामुदायिक अध्ययन केन्द्रको भवनमा भएको समिक्षा बैठकले नेपाली कांग्रेसको आन्तरिक खिचतानी र गुटबन्दीको कारण अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको हो ।

निर्वाचनमा शिवसताक्षी नगरका सबै वडाहरुको मत परिणामहरुको समिक्षा गरी उक्त निष्कर्ष निकालिएको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।

कार्यक्रम मा १ नम्बर प्रदेश का कृषि मन्त्री माननीय झलकसिं दर्लामीले निर्वाचनको परिणाम जे आए पनि जनताको काममा लाग्न निर्देशन दिए ।

शिबसताक्षीमा माओवादीको मत बढेको र अझै बढाउन लाग्न कार्यकर्तालाई झापा जिल्लाका संयोजक राजु आचार्यले सुझाब दिए । स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी कन्द्रले नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेको थियो ।

कार्यक्रममा जिल्ला सचिव मोहन टुडु प्रदेश सदस्य कल्पना कार्की , जिल्ला सदस्य रामबहादुर राई , नर प्रसाद लामिछाने , शन्त पौडेल लगायतले आफ्नो विषय राखेका थिए ।

उक्त कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गर्ने साने राई ,केसब ढकाल ,लक्ष्मी माबो , केबि काम्बाङ, चौतु राजबन्शीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्बाही गरेको छ । वडा समितिलाई असार ५ गते अन्यहरुको विवरण प्रमाणसहित सिफारिस गर्न निर्देशन दिने निर्णय गरेको छ ।

महेन्द्र भट्टराईको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव सन्जय राईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *