Sajhamanch Archive

नेपाल मेडिकल काउन्सिलले लाइसेन्स तथा विशेष परीक्षाको मिति तोक्यो

Published: in शिक्षा, स्वास्थ्य by .

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले मेडिकल शिक्षातर्फ स्नातक तहको लाइसेन्स तथा स्नातकोत्तरतर्फ विशेष परीक्षा तालिका २०७९ सार्वजनिक गरेको छ ।

तालिका अनुसार पहिलो लटको लाइसेन्स परीक्षा आगामी असोज ६,७ र ८ गते हुनेछ भने दोस्रो लटको माघ १२,१३ र १४ गते हुनेछ । त्यस्तै, स्नातकोत्तरतर्फ पहिलो लटकोे विशेष परीक्षा साउन ६ र ७ गते, दोस्रो लटको मंसिर ९ र १० गते तथा तेस्रो लटको चैत १७ र १८ गते हुनेछ ।

विदेशमा भर्ना भई नेपालमा इन्टर्नसिप गरेका विद्यार्थीले शिक्षा मन्त्रालयबाट इन्टर्नसिप अवधि पूरा गरेको तथा सम्बन्धित विश्वविद्यालयबाट अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने काउन्सिलले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *