Sajhamanch Archive

बिर्तामोडमा असार १ देखि आइतवार विदा नहुने

Published: (Updated: ) in समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा आइतवार सार्वजनिक विदा नहुने भएको छ । आज सम्पन्न बिर्तामोडको कार्यपालिका बैठकले असार १ गतेदेखि लागु हुने गरी साविक बमोजिम कै विदा र समय लागु गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले जेठ १ गतेदेखि लागु हुने गरी आइतवारलाई समेत सार्वजनिक विदा दिने निर्णय बमोजिम कार्यान्वयन शुरु गरिएको थियो । सो विदाका सन्दर्भमा स्थानीय नगरबासी, शैक्षिक संस्थाको माग बमोजिम आइतवारको विदा नगर्ने निर्णय गरिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *