Sajhamanch Archive

प्रधानमन्त्री ओलीलाई सात महिनामा दुई विद्यावारिधि

Published: in मिडियाबाट साभार by .

काठमाडौं । हाल कोस्टारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान त्यहाँको शान्ति विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि ग्रहण गरेका छन्।

विश्वविद्यालयले नेपालको शान्ति स्थापना र द्वन्द्व समाधानका महत्त्वपूर्ण भूमिका खेलको भन्दै मानार्थ विद्यावारिधिको उपाधिबाट ओलीलाई सम्मान गरेको हो।

यसअघि प्रधानमन्त्री ओलीलाई भारतको उत्तराखण्डस्थित गोविन्दवल्लभ पन्त कृषि र प्रविधि विश्वविद्यालयले गत चैत २५ मा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।

प्रधानमन्त्री ओलीले दोस्रो कार्यकाल सम्हालेको आठ महिना मात्र पुगेको छ। यस अवधिमा उनले दुई वटा विद्यावारिधि प्राप्त गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभन्दा पहिले २०६७ असोज ११ मा पनि एक अमेरिकी विश्वविद्यालयका तर्फबाट विद्यावारिधिको उपाधि ग्रहण गरेका थिए।

अमेरिकाको ग्रिनफोल्ड विश्वविद्यालयबाट दिइएको विद्यावारिधि गलत सावित भएको थियो।
नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *