Sajhamanch Archive

शिवसताक्षी नगर कार्यपालिका सदस्यका लागि नेकपा एमालेका सबै उम्मेद्वार निर्वाचित

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा कार्यापालिका सदस्यका लागि नेकपा एमालेका सबै उम्मेद्वारहरु विजयी भएका छन् ।

शिवसताक्षीको दूधेमा आज भएको निर्वाचनबाट उनीहरुमा विजयी भएका हुन् ।  महिला सदस्यहरुमा यशोदा विमली, मुनाकुमारी तामाङ्ग, रुका ढकाल, गोमा रिजाल, मंगलीदेवी विश्वकर्मा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।

महिला सदस्यका लागि नेकपा एमालेबाट पाँच जना र नेपाली कांग्रेसबाट तीन जना गरी जम्मा ८ जनाको उम्मेद्वारी परेको थियो ।

त्यस्तै पुरुष सदस्यहरुमा विनोद दर्नाल, रामनरेश शर्मा र कुमार राई विजयी भएका छन् ।
पुरुष सदस्य पदका लागि नेकपा एमालेबाट तीन जना र नेपाली कांग्रेसबाट तीन जना गरी छ जनाको उम्मेद्वारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *