बिर्तामोड नगरपालिका र रत्ननगर नगरपालिकाको मेलमिलाप केन्द्र बीच अन्तरक्रिया
Published:
by .झापा । बिर्तामोड नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाको मेलमिलाप केन्द्र विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अध्ययन अवलोकनका लागि झापा आइपुगेको मेलमिलाप केन्द्रको टोलीले सोमबार बिर्तामोडमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । नगरको न्यायिक क्षेत्रमा भएका गतिविधिहरुको विषयमा अनुभव साँटासाँटको लागि टोली बिर्तामोड आएको मेलमिलाप विज्ञ कविता अधिकारीले बताइन् । उनले बिर्तामोडको न्यायिक समितिले गरेको उपलव्धी,संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भमा आएको चुनौतिको विषयमा अनुभव आदाना प्रदान नै भेटघाटको मुख्य उदेश्य रहेको जानकारी दिइन् । बिर्तामोडले गरेको राम्रो अभ्यासलाई रत्ननगरमा लगेर कार्यान्वयन गर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाको न्यायिक समितिको उजुरी प्रशासक टिका लामिछानेले नगरले अहिलेसम्म गरेका गतिविधिहरुको वारेमा जानकारी गराएका थिए । उनले बिर्तामोडमा कुलो पैनी,मानो चामल,घर वहाल,आर्थिक लेनदेन लगायतका मुद्धा पर्ने गरको बताए । यस अघिका वर्षहरुमा नगरमा कानुनी सल्लाहकार सहित वडाका मेलमिलाप केन्द्रमा समेत अनुगमन गरेको बताउँदै उनले बिर्तामोड नगरपालिकाको न्यायिक सम्पादन जिल्लाकै उत्कृष्ट बन्न सफल भएको बताए बिर्तामोडमा यो चालु आर्थिक वर्षमा दर्ता भएका ४७ वटा र अघिल्लो वर्षबाट सरि आएका १५ वटा गरि जम्मा ६२ वटा मुद्वामा ४७ वटा फर्छौट भईसकेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा कार्यवहाक मेयर नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोडले न्यायिक क्षेत्रमा प्रदेश १ मै उत्कृष्ठ काम गरेका बताए । उनले जनताका साना मसिना आधारभुत समस्याहरुमा केन्द्रित रहेर जनप्रतिनिधहरुले भुमिका खेल्नु पर्नेमा जोड दिए । उनका अनुसार बिर्तामोडमा मुद्वाका फायल रेकर्ड व्यवस्थित रहेको र कानुनी सल्लाहकार नियुक्त गरेर काम गर्दै आएको छ ।
कार्यक्रममा बिर्तामोडका प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, पत्रकार सुव्रत न्यौपाने, रत्ननगर नगरपालिकाकी पुर्व उपप्रमुख विमला देवी दुवाडी,मेलमिलाप केन्द्रकी अध्यक्ष लक्ष्मीकुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।
Comments