अव्यवस्थित भद्रपुर बसपार्कलाई व्यवस्थित बनाउन समिति गठन
Published:
by .भद्रपुर । अव्यवस्थित भद्रपुर बसपार्कलाई व्यवस्थित बनाउन बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ । भद्रपुर–५ स्थित अव्यवस्थित तथा जीर्ण बन्दै गइरहेको भद्रपुर बसपार्कको भौतिक संरचना तथा विधि समस्या समाधानका लागि गरिएको एक वृहत् भेलाले रमेश श्रेष्ठको अध्यक्षतामा सो समिति गठन गरेका हुन् ।
सर्वसम्मत गठन गरिएको समितिको उपाध्यक्षद्धयमा वासु वन, रूपमणि पोखरेल (मनिका), सचिवमा कुमार अनुरागी, सहसचिवमा सुसन लिम्बु र कोषाध्यक्षमा सुरज मेचे रहेका छन् । त्यस्तै सदस्यहरूमा जोसेब श्रेष्ठ, राजन अधिकारी, इन्ताज शेख, रुपा रानामगर, कमला विक, समीक्षा लिम्बु ९कोपिला० बुद्धिकुमार राई, राम ठटाल र कैलाश तामाङ रहेका छन् । त्यस्तै सल्लाहकार समितिको संयोजकमा ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, सदस्यहरूमा अनिलाल मेचे, फत्तेचन्द्र श्रेष्ठ, डिल्ली रुचाल, उत्तम श्रेष्ठ, खेमराज राई, पुण्य प्रसाद रिजाल, कुमारी श्रेष्ठ र दिल कुमारी लिम्बु रहेका छन् ।
भेलामा वडा अध्यक्ष बन्धु कार्की, नगरपालिकाका कार्यपालिका सदस्य विवेक राजवंशी लगायत बुद्धिजीवी, समाजसेवी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो । भद्रपुर नगरपालिकाको १ करोड ५५ लाख रुपैयाँ बढी लागतमा बसपार्क बनेको हो । नगरपालिकाले संरक्षण नगर्दा बसपार्क अव्यवस्थित तथा जीर्ण बन्दै गएपछि स्थानीयले त्यसप्रति चासो देखाएको अवस्था छ ।
Comments