Sajhamanch Archive

सतासीधाम जेसीजद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेको सतासीधाम जेसीजले शिवसताक्षीका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान गरेको छ ।

आज सतासीधाम जेसीजको कभर्डहलमा एक कार्यक्रम गरी शिवसताक्षीका नवनिर्वाचित नगरप्रमुख मेगाहाङ्ग थोप्रा रोशन, उपप्रमुख नरमाया कार्की र नगरका ११ वटै वडाका वडाध्यक्षहरुलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

सतासीधाम जेसीजले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नगरपालिका भित्रका विकास निर्माणका कामहरुलाई चुस्त ढंगले अगाडी बढाउन बढाउँदै विभिन्न काम हुने ढिला सुस्ती, भ्रष्टचारहरुलाई निरुसाहित गर्दै अघि बढ्न शुभकामना दिएका थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले सतासीधाम जेसीज स्थापना गर्न आफु पनि लागि परेको सुनाउँदै जेसीजले अघिसारेका राम्रा कामहरुमा सहकार्य गर्ने बताए । उनले जेसीजले विगतमा गर्दै आएको व्यक्तित्व विकास साथै क्षमता अभिबृद्धि सम्बन्धि काम गरेको खुलेरै प्रशंसा गरेका थिए ।

सतासीधाम जेसीजले संघ, प्रदेश र नगरपालिकाको सहयोगबाट जेसीज कभर्डहल निर्माण गरेर यहाँ स्थानीय खेलाडीहरुलाई प्रोत्सहान गर्दै दैनिक रुपमा बेडमिन्टन खेल सञ्चालन भइरहेको जेसीजका वर्तमान अध्यक्ष अर्जुन भट्टराईले बताए । उनले जेसीज कभर्डहलमा अन्य थुप्रै कामहरु गर्नु पर्ने भएकाले शिवसताक्षी नगरपालिकाबाट सहयोगको अपेक्षा राखेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमारसिं साँवाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल जसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष, वडाध्यहरु लक्ष्मीप्रसाद चेम्जोङ्ग, सन्त फेवदिन, मनोज खुलाल कार्की, सतासीधाम जेसीजका पूर्व अध्यक्ष विनोद खरेललगायतले आफ्नो धारणा राखेका थिए । पदम कुँवरले स्वागत गरेको कार्यक्रम दिपक पोख्रेलले सञ्चालन गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *