Sajhamanch Archive

झापाको पुरानो शिवगञ्ज बजारको मुहार फेरिदै

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी ६ मा रहेको एक मात्र पुरानो शिवगञ्ज बजारमा इन्टरकल ब्लक विच्छाइएको छ ।

इन्टरलक क्लक विच्छाइएपछि बजार सुन्दर सफा देखिएको छ । लामो समयपछि शिवगञ्ज बजारमा सुन्दरता थपिएको छ भने, व्यापारीहरुलाई समेत सहज हुने भएको छ ।

प्रदेश सरकारको ३८ लाख ४० हजार र उपभोक्ता समितिको ९ लाख ६० हजार लागतमा बजारमा इन्टरलक क्लक विच्छाइएको हो ।

बजारमा प्रदेश नं. १ शहरी तथा भवन कार्यालय इलामबाट विनियोजित अनुदानबाट शिवगञ्ज बजारमा निर्माण भएको इन्टरलक ब्लक तथा पानीको ढल निकासको आइतवार प्रदेश नं.१ का कृषि तथा पशुपालन मन्त्री झलकसिं दर्लामी मगर र शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ्ग थोप्रा रोशनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै मन्त्री दर्लामीले शिवसताक्षीका भएका बजारहरु निर्माण, चिस्यान केन्द्र निर्माण, प्राराङ्गीक मल उत्पादन केन्द्र निर्माण गर्ने योजनाहरु प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताए । उनले यसअघि झिलझिले बधशालालाई आधुनिकीकरण गर्न, शुक्रबारे बजार, मंगलबारे बजार, नयाँ बजार, ब्याङ्डाँडा बजारलाई प्रदेश सरकारबाट बजेट विनियोजन गरिसकेको पनि स्मरण गराए । मन्त्री दर्लामीले आगामी दिनमा सबै कृषि बजारहरुलाई ब्यवस्थित बनाउन पनि जोड दिए । सिंचाईका निम्ति आवश्यक बजेट नगरमा विनियोजित गरिने समेत मन्त्री दर्लामीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा रोसनले शिवसताक्षीको शिवगञ्ज बजारमा सुन्दरता थपिएको भन्दै प्रदेसरकार, निर्माण उपभोक्ता समितिलाई समेत धन्यवाद दिएका थिए । उनले बाँकी रहेका बजार व्यवस्थापन, अन्य कामहरुमा पनि प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने बताए ।

शिवसताक्षी नगरलाई आर्थिक केन्द्र बिन्दु बनाउन झापा गाउँपालिका र शिवगञ्ज जोड्न कनकाई नदीमा पुल निर्माण गर्न यसैबर्षदेखि शुरु गर्न प्रारम्भिक बजेट ५ करोड २५ लाख रुपैयाँ विनियोजन भइसकेको नेकपा (माओवादी केन्द्र) का शिसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा शिबसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष महेन्द्र भट्टराई वडाअध्यक्ष मनोज खुलाल, सिकिन पासवान, सामाजिक ब्यक्तित्व मिलन ढुंगाना, सुमन काफ्ले, रामबहादुर राई, कचाली ताजपुरिया लगायतको उपस्थित रहेकोे थियो । कार्यक्रम भिम बोहराको अध्यक्षतामा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *