Sajhamanch Archive

शिवसताक्षी नगरपालिकामा मेयर स्मार्ट विद्यालय सुधार कार्यक्रम लागु हुने,

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकमा मेयर स्मार्ट विद्यालय निर्माण कार्यक्रमका लागु हुने भएको छ । आज बसेको बोर्ड बैठकले मेयर स्र्माट विद्यालय सुधार योजनाका लागि ७५ लाख बजेट छुट्याएको छ ।

नगर भित्रका विद्यालयको अतिरिक्त सुधारका गरी कक्षा कोठा डेकोरेसन विद्यार्थीलाई कक्षा कोठा सुविधा सम्पन्न बनाउनका लागि उक्त बजेट छुट्याएको हो ।

बारुण यन्त्र खरिदका लागि १ करोड छुट्याएको छ । गएको वर्षमाहरुमा नगरपालिका भित्र आगलागीबाट धेरै धन जनको क्षति भएकाले नगरप्रमुख थोप्राले पदभार गरेसँगै बारुण यन्त्र खरिदका गर्ने निर्णय गरेका थिए ।

त्यस्तै नगरपालिकाले विगत वर्षहरुको भन्दा वडामा सिलिङ्ग बजेट बढाएको छ । नगरका प्रत्येक वडाहरुमा ७० लाखको दरले बजेट विनियोजन गर्ने निर्णय भएको छ ।  वडाका आवश्यता हेरेर थप ५ लाख समेत विनियोजन गर्ने निर्णय भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकामा बुधबार भएको नगरकार्यपालिको बैठकले आ.व. २०७९÷०८० का लागि बजेट छुट्याएको हो । उक्त बजेट यही आषाढ १० गते हुने नगरसभामा अनुमोदन हुने छ ।

यस्तै स्वास्थ्यका लागि नगरले १ करोड बजेट छुट्याएको छ । आदिबासी जनजाती बहुसांस्कृतिक संग्राहालय निर्माण निरन्तरताका लागि १० लाख छुट्याएको छ ।

शिवसताक्षी नगरपालिकामा बाँकी रहेका वडा कार्यालय भवनका निर्माण गर्न ९ र १० नं. वडाका लागि ७६ लाख गरेर कुल २७ करोड विकास बजेट छुट्याएको हो ।

नगरपालिकाले कृषिलाई प्राथमिकता दिएको छ । कृषि लागि १ करोड ५ लाख बजेट विनियोजन गरेको छ । यस्तै सामाजिक विकासका लागि नगरले ४० लाख, पशु पंक्षी विकासका लागि ६५ लाख, महिला तथा बालबालिकाका लागि १५ लाख छुट्याएको छ  ।

सुचना प्रविधिका लागि नगरले १५ लाख बजेट छुट्याएको छ । नगरको पञ्जिकरण शाखाका लागि १ लाख बजेट विनियोजन भएको छ भने राजश्व शाखाका लागि ५ लाख बिनियोजन भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरले यो वर्ष ५ लाख विनियोजन गरेको छ ।

संघिय समपुरक कोषका लागि २ करोड ४० लाख बजेट बिनियोजन भएको छ । प्रदेश समपुरक कोषका लागि झिलझिले बस पार्कको योजना नियमित गर्न ५० लाख विनियोजन भएको छ । दैविक विपत्ती राहतका लागि २० लाख बिनियोजन भएको छ ।

यस्तै कालोपत्रे, नाला निर्माण कार्यक्रममा २ करोड विनियोजन भएको छ । यसमा नगरबाट ७० प्रतिशत र उपभोक्ताबाट ३० प्रतिशत लागत सहभागिता हुने छ । यता दोमुखा स्वमिङ पुल क्याफे, रेष्टुरोन्ट निर्माण , अधुरो चिल्ड्रेन पार्क निर्माणका लागि ४० लाख विनियोजन भएको छ ।
सतासीधाम धार्मिक पर्यटकिय क्षेत्र पुर्वाधार निर्माणका लागि १० लाख र चिल्लागढ पोखरी माङहिम अन्तर्गतका अधुरो पुर्वाधार निर्माणका लागि १० लाख विनियोजना भएको छ ।

नगर भित्रको सडक, पुल, सार्वजनिक भवन, खानेपानीका ंसंरचना, सार्वजनिक भौतिक संरचना मर्मत संहारका लागि १ करोड विनियोजन भएको छ । धरधरे नियन्त्रण तथा नदी तटबन्धनका योजना संचालन गर्न ८० लाख विनियोजन भएको छ ।

नगर छात्रबृत्ति कार्यक्रमका लागि १५ लाख विनियोजन भएको छ । यस्तै दुधे रंगशाला निर्माण निरन्तरताका लागि ५० लाख बजेट बिनियोजन भएको छ । माइधारको केएनके खेल मैदानको घेराबारा निर्माणका लागि ५ लाख बजेट बिनियोजन भएको छ ।

खानेपानी अन्तर्गतका योजनामा ३० लाख बजेट बिनियोजन भएको छ । नगर कार्यपालिका कार्यालय परिषर सुधार योजनाका लागि ४० लाख बजेट बिनियोजन भएको छ । यता बेरोजगार युवाहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम पनि यो वर्ष देखि नगरमा लागु हुने भएको छ । नगर प्रमुख थोप्राका अनुसार यसका लागि २० लाख बजेट बिनियोजन भएको छ ।

ज्ञान घर व्यवस्थापनका लागि ११ लाख बजेट बिनियोजन भएको छ । रंगियाथान बजार हुँदै रिङरोड बजार जोड्ने सडक कालोपत्रेका लागि २५ लाख बजेट बिनियोजन भएको छ । न्यायिक समितिको क्षमता विकास कार्यक्रमका लागि ५ लाख बजेट बिनियोजन भएको छ ।

भुमि व्यवस्थापनका लागि २० लाख, संचार व्यवस्थापनका लागि १० लाख, सडक दुर्घटना न्युनिकरणका तथा अबैध कार्य नियन्त्रणका लागि राजमार्गका मुख्य ठाँउमा सिसि क्यामेरा जडानका लागि ३० लाख बजेट बिनियोजन भएको छ । ल्याण्डफिल साइड निर्माण निरन्तरताका लागि २० लाख, नगर खेलकुद विकासका लागि २० लाख विनियोजन भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *