Sajhamanch Archive

२ घण्टाको सेयर बजारः ७ अंकले घटेर ‘मार्केट क्लोज’

Published: in अर्थतन्त्र by .

काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेर बजार बन्द भएको छ । पहिलो पटक २ घण्टाका लागि खोलिएको बजारमा आज नेप्से सूचक ७.५७ अंकले घटेर १९ सय ७१.३६ अंकमा झरेको हो । ७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत ७३ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र भएको छ । यद्यपि, यस बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टाका लागि मात्र बजार खुलेको थियो ।

सरकारले गत जेठ महिनाभर टेस्टिक पिरियडको रुपमा शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिएसँगै सेयर बजारको समय समेत फेरिएर सोमबारदेखि शुक्रबार खुल्ला गरिएको थियो । तर एक महिना पुरा नहुँदै सरकारले पुनः आइतबारको विदा खारेज गरेसँगै नेप्सेले आइतबार सहित शुक्रबार सातामा ६ दिन नै बजार खुल्ला गर्ने निर्णय गरेको थियो ।

पछिल्लो निर्णय भएपछिको पहिलो दिन नै ७ अंक माथिले घटेको बजारमा आज म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *