Sajhamanch Archive

नेपाल स्काउटको ७१ औं स्थापना दिवसमा शिवसताक्षी नगर सरसफाई

Published: in विविधा, समाज by .

शिवसताक्षी । नेपाल स्काउटको स्थपाना दिवसको अवसरमा नेपाल स्काउट शिवसताक्षी नगर समितिले नगर सरसफाई गरेको छ । ७१ औं स्काउटको स्थापना दिवसको अवसरमा नगर समितिले नगरको दूधे बजार सरसफाई गरेको हो ।

सरसफाईमा शिवसताक्षी नगरका स्काउटमा आवद्ध विभिन्न विद्यालयहरुका शिक्षक, विद्यार्थी र निवर्तमान उमेयर, भोजकुमारी नेपाल, निवर्तमान वडाध्यक्ष छविलाल पाठक , शिवसताक्षी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत प्रकास चौधरी, शिक्षा विभाग प्रमुख छवि ढकाललगायतले बजार सरसफाई गरेका थिए ।

कार्यक्रममा स्काउटले विद्यार्थीहरुर्लाइ अनुशासित, कर्तव्यनिष्ट बनाउँदै दैविक प्रकोप लगायतका विभिन्न विपत व्यवस्थापनका लागि परिचालन गर्ने एउटा स्थानीय स्तरको टोली निर्माण गर्ने नेपाल स्काउट नगर अध्यक्ष डिगम पराजुलीले जानकारी दिए ।

नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि.सं. २००९ सालमा भएको हो ।

नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

नेपाल स्काउटको उद्देश्य यस्तो छः
(क) विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउादै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।

(ख) बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।

(ग) दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।
(घ) सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।

(ङ) समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने ।

(च) स्वास्थ्य, वातावरण, भू-संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।

ब्वाय् र गर्ल्स स्काउट नियम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *