Sajhamanch Archive

योग शिविर गरी मनायो दूधे आयुर्वेदले आठौ अन्तराष्ट्रिय योग दिवस

Published: in विविधा, समाज by .

शिसताक्षी । दूधे आयुर्वेद औषधालयले योग दिवसको मनाएको छ । शिवसताक्षीको दूधेमा रहेको दुधे आयुर्वेदले आठौं योग दिवस औषधालय परिसरमा योग आसन सम्बन्धि सचेतना गराउँदै मनाएको हो ।

विहान ७ बजेबाट मानवताका लागि योग भन्ने नारा सहित औषधालयले योगका फाइदाका बारेमा बताएको थियो । योग जीवनका लागि र स्वस्थ्य रहनका लागि अति आवश्यक रहेको योग प्रशिक्षण रमेश बरालले बताए । उनले दिनहुँ १ घण्टा योगका विभिन्न आसनहरु गर्न सके कुनै पनि रोग नलाग्ने र लागेका रोगहरु पनि विस्तारै निको हुँदै जाने जानकारी गराएका थिए ।

आयुर्वेद र योग एक अर्काका परिपुरक भएकाले पनि दुधे औषधालयले विभिन्न समयमा योग सम्पन्धि प्रशिक्षण र योग कार्यक्रम चलाउँदै आएको दुधे औषधालयका कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए। ।

विहान ७ बजेदेखि ९ बजेसम्म योग शिविर सञ्चालन भएको थियो । योग शिविरमा शिवसताक्षी नगरपालिका निमित्त प्रशासकीय अधिृकत प्रकाश चौधरी, वडा नं. ११ वडाध्यक्ष बहादुर आङ्गबो लगायत २५ जनाको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *