अग्नी पीडित नेम्वाङ्गको घर निर्माणका लागि सांसद साँवाले पनि दिए ५१ हजार
Published:
by .शिवसताक्षी । झापा शिवसताक्षी १ का अग्नी पीडितका घर बनाउनका लागि रकम जुट्ने क्रममा जारी रहेको छ ।
आज झापा निर्वाचन क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले अग्नी पीडितको घर निर्माणका लागि ५१ हजारको चेक प्रदान गरेका छन् ।
त्यस्तै शिवसताक्षी सवारी चालक मञ्चले पनि अग्नी पीडितको घर निर्माण लागि ५५०० सहयोग प्रदान गरेको छ।
शिवसताक्षी सेवा समाज काठमाण्डौले पनि अग्नी पीडितको घर निर्माणको लागि नगद २६ हजार आर्थिक सहयोग गरेको छ।
नेकपा एमालेको भातृ संगठन खेलकुद महासंघ र युवा संघ नेपालले अग्नी पीडित तारा नेम्वाङको घर बनाइदिन थालेका छन् ।
हाल सम्म घर निर्माणमा ५६ हजार ९ सय खर्च भइसकेको छ।
Comments