Sajhamanch Archive

शिवसताक्षीका प्रधानाध्यापकहरुको नगरप्रमुख समक्ष आग्रह, शिक्षाका लागि विशेष प्याकेज लाइयोस

Published: in विविधा, समाज by .

शिवसतक्षी । शिवसताक्षीका सामुदायिक तथा नीजि विद्यालयका समस्याहरुका बारेमा नगरप्रमुखलाई ध्यानकर्षण गराइएको छ। शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत सम्मान कार्यक्रममा नगरका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापकहरुले नगरप्रमुख मेगहाङ्ग थोप्रा (रोशन ) समक्ष विद्यालयका समस्याहरुका बारेमा ध्याकर्षण गराएका हुन् ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले विद्यालयको भौतिक निर्माण तथा अन्य कामहरुमा लागत सहभागीताको आवश्यता नरहेकाले यसलाई हटाउनु पर्ने बताए । उनले नगरपालिकाले विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार बनाएर भौतिक पूर्वाधार निर्माण पनि व्यवास्थापन समितिले नै गर्ने वातावरण तयार गर्नु पर्नेमा जोड दिए । नगरपालिकाबाटको बजेटबाट भौतिक निर्माणको रकम फरफारक गर्दा झन्झटिलो प्रकृया भएकाले त्यसलाई शिक्षा शाखा मार्फत एकै ठाउँबाट गरिने व्यवस्था मिलाईदिन समेत आग्रह गरिएको थियो ।

कार्यक्रममा अधिकांश बक्ताहरुले नगरपालिकाले विद्यालयलाई दिदै आएको अनुदानलाई बृद्धि गर्नु पर्ने बताए । विद्यालयमा कार्यरत लेखा कर्मचारीहरुलाई २० हजार ५ सय पाउनु पर्नेमा १५ हजारमा सिमित राखिएकाले अन्याय भएको गुनासो गरे ।

कार्यक्रममा सामाजिक विकास संयोजक हर्क सिगुले विद्यालयका समस्याहरु धेरै भएकाले आवश्यकताका आाधारमा सम्बोधन गर्दै जानु पर्ने धारणा राखे । विद्यालयको भवन चिटिक्क परेको बनाउँदै शिक्षाको गुणस्तर विकास हुँदैन त्यसैले शिक्षकहरुलाई पनि तालिम दिई गुणस्तरीय शिक्षा दिन सक्ने बताउनु पर्ने उनको भनाई थियो ।

शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानिसका आधारभूत आवश्यकताहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले बताएका छन् । शिक्षाको क्षेत्रमा आमुल परिवर्तन गर्नु छ, उनले भने, बाहिरी रुपमा राम्रो होइन भित्री रुपमै गुस्तरको विकास गर्नका लागि नगरपालिकाले सोच बनाएको छ । शिक्षाका गुणस्तरका लागि नगर स्मार्ट विद्यालय कार्यक्रम ल्याइने समेत नगरप्रमुखको भनाई थियो ।

कार्यक्रममा शिवतसाक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, नीजि विद्यालयका तर्फबाट प्याब्सन अध्यक्ष रामप्रसाद सुहाङ्गले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्षहरुलाई खादा लगाएर स्वागत गरिएको थियो ।

श्री राष्ट्रिय रमणीय आर्दश माध्यमिक विद्यालयका प्रधानाध्यपक कालीप्रसाद रिजालको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन शिक्षा प्रमुख छवि ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *