झापामा हात्ती धपाउन गएका एक किशोरको सर्पदंशबाट मृत्यु
Published:
by .बुद्धशान्ति। हात्ती धपाउन गएका एक किशोरको सर्पदंशबाट मृत्यु भएको छ । सर्पदंशबाट मृत्यु हुनेमा झापाको बुद्धशान्ति गाउँपालिका ५ स्थित खारखोला निवासी १५ वर्षीय किशोर अजित तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मङ्गलवार राती ९ बजे गाउँमा हात्ती पसेका थिए । गाउँलेसँगै हात्ती धपाउन गएका तामाङलाई विषालु सर्पले डसेको थियो । त्यसपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments