Sajhamanch Archive

अफगान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौँ । अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महसुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । भूकम्पका कारण दर्जनौँ घर भत्किएका छन् । भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । पछिल्लो एक दशकमा भूकम्पमा परेर अफगानिस्तानमा ७ हजार जनाको मृत्यु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *