अटो रिक्साको भाडा बढाउनुपर्ने भन्दै बिर्तामोडमा चालकको प्रदर्शन
Published:
by .बिर्तामोड । इन्धनको मूल्य बढेकाले अटो रिक्साको भाडा पनि बढाउनुपर्ने मागसहित बिर्तामोडका अटो चालकहरूले प्रदर्शन गरेका छन् । बिर्ता बजारबाट र्याली सुरु गरी बिर्तामोड बजार परिक्रमापछि उनीहरूले मुक्ति चौकमा कोणसभा गरेका थिए । उनीहरूले लोकल भाडा ५० रुपैयाँ तोकिनु पर्ने माग गरेका छन् । पेट्रोल प्रतिलिटर ९४ रुपैयाँ हुँदा लोकल भाडा ३० रुपैयाँ तोकिएको थियो । अहिले पेट्रोलको मूल्य बढेर २०० रुपैयाँ पुग्दा त्यस भाडामा यात्रु बोक्न नसकिने उनीहरूले बताएका छन् ।
कोणसभामा नेपाल अटो मेकानिक ट्रेड युनियन ९नाटु०का अध्यक्ष डिल्ली थापा , पूर्वेली मजदुर यातायात प्रालिका सचिव गणेश कोइराला , अटो चालकहरू सुजन थापा , दाताराम पाठकलगायतले बोलेका थिए । कार्यक्रममा पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बाँस्कोटाको पनि सहभागिता रहेको थियो ।
Comments