Sajhamanch Archive

अतिविपन्न परिवारका महिलाहरुलाई प्रशव पीडाको अवस्थामा निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः उपप्रमुख कार्की

Published: in समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसाक्षी नगरपालिकाको दशौ नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रममा महिला समस्याहरुको विषयमा पनि बुँदाहरुपनि समावेश गरिएका छन् ।

नीति तथा कार्यक्रममा लैंगिक विरुद्ध सबै प्रकारका हिंसाको न्यूनिकरणका लागि कार्यक्रमहरु सञ्चालन गरिने, नगरपालिकालाई महिला मैत्री नगरपालिकाको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा समेटिएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् ।

उनले अति विपन्न वर्गका गर्भवति महिलाहरुलाई प्रशव अवस्थाको समयमा अस्पतालसम्म पुर्याउनका लागि निुशल्क रुपमा एम्बुलेन्सको व्यवस्था मिलाइने जानकारी दिइन् । महिलाहरुलाई स्वलम्बी र आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमुलक तालिम प्रदान गरी आयआर्जनमा टेवा पुर्याउने बताइएको छ ।

त्यस्तै नगरपालिका तथा न्यायिक समितिको न्याय प्रणालीलाई सरल, सहज, कमखर्चिलो र सर्वसाधारणको पहुँच योग्य बनाइने उपप्रमुख कार्कीको भनाई छ । स्थानीय स्तरमा उत्पन्न हुने विवादलाई मेलमिलापको माध्यमबाट मिलाउन प्रभावकारी बनाउनका लागि न्यायिक समितिलाई तालिम दिई सक्षम बनाइने नीति तथा कार्यक्रममा समेटिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *