Sajhamanch Archive

शिवसताक्षी वडा नं. ४ कोे ६० प्रतिशत बजेट पूर्वाधार विकासमा

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले पूर्वाधार विकासका लागि ६० प्रतिशत बजेट छुट्याएको छ ।

नगरबाट विनियोजित वडाका लागि सिलिङ्ग ७० लाख बजेट मध्ये ४२ लाख पूर्वाधार विकासका लागि बजेट छुट्याएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए ।

उनका अनुसार सामाजिक विकासतर्फ १६ लाख ५० हजार मर्मतसंभार ३ लाख ५० हजार छुट्याएको छ । वडाको विकास लागि पूर्वाधार निर्माण नै महत्वपूर्ण भएकाले पूवाधार विकासमा प्राथमिकतामा राखेर बजेट छुट्याइएको वडाध्यक्ष प्रसाईको भनाई छ ।

त्यस्तै विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य वीमाका लागि ५ लाख बजेट छुट्याएको छ ।

वडा अति विपन्न परिवारका सदस्यहरुलाई विरामी पर्दा उपचारमा सहयोग होस् भन्ने उद्देश्यले वडाले ५ लाख बजेट छुट्याएको हो । वडामा आइपेरका दैविक विपत्तीका लागि १ लाख बजेट छुट्याएको वडाध्यक्ष प्रसाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *