Sajhamanch Archive

शिवसताक्षी ८ ले विभिन्न शिर्षक बजेट वाडँफाड, पूर्णरुपमा कार्यान्वयन गर्ने वडाध्यक्ष फेवदिनको प्रतिबद्धता

Published: (Updated: ) in समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा न.८ ले नगरपालिकाबाट प्राप्त गरेको सिलिङ्ग बजेट वडाको विभिन्न शीर्षकमा बाडफाड गरेको छ ।

नगरपबाट आ.व. २०७९÷०८० का लागि सिलिङ्ग ७० लाख बजेटलाई वडाको पूर्वाधार विकासमा २७ लाख ३० हजार छुट्याएको छ । जसमा वडाका ३१ वटा सडक ग्राभेल, स्तरोन्नति, २ ओटा पुल र १ वटा डे«नको लागि बजेट विनियोजन गरेको वडाध्यक्ष सन्त फेवदिनले जानकारी दिए ।

त्यसैगरी वडाले सामाजिक विकास तर्फ १९ लाख ७० हजार विनियोजन गरेको छ । जसमा विपन्न परिवारको स्वास्थ्य बीमा कार्यक्रममा ३ लाख ५० हजार,विद्यालयका छात्रा अध्ययन प्रोत्साहन कार्यक्रमका लागि १ लाख ५० हजार विनियोजन गरेको छ ।

सुत्केरी आमा तथा नवजात शिसु पोषण कार्यक्रम ३ लाख, दलित शसक्तिकरण कार्यक्रमका लागि ५० हजार, दलित असल बुहारी सम्मानका लागि ५० हजार मृत्यु संस्कार सहयोग कार्यक्रमलाई ३ लाख छुट्इएको वडाध्यक्ष फेवदिनको भनाई छ । र अन्यमा विद्यालय गणस्तर, भौतिक निर्माण लगायतका कामका लागि बजेट विनियजन भएको छ।

त्यसैगरी विपन्न किसान एक घर एक पशु बीमा कार्यक्रमलाई १ लाख विनियोजन गरिएको छ । वडाले वातावरण र विपत व्यवस्थापनतर्फ ११ लाख ५० हजार बजेट विनियोजन गरेको छ । शुसासन तथा संस्थागत विकास तर्फ २ लाख र वडा गौरवको आयोजना झिलझिले बजार बीच सडक इन्टरलक ब्लक निर्माणका लागि ८ लाख बजेट विनियोजन गरेको अध्यक्ष फेवदिनले बताए ।

वडाले जन्मदेखि मृत्यु संस्कारसम्म सेवा र राहत, सुखी वडाबासी, समृद्ध विकासको आधार, भन्ने मुल नारा सहित वडाकार्यालय वडा विकास लागि काम गर्ने वडाध्यक्ष फेवदिनले जानकारी दिए । उनले भने,लवडाले नगरबाट पाएको सिलिङ्ग बजेट स्थानीयको आवश्यकताको आधार विनियोजन गरेका छौं । वडामा भएका बाटोहरु स्तरोन्नती, विद्यालयहरुको भौतिक सुधार, लक्षित वर्गहरुलाई उद्यमशिल बनाउने विभिन्न तालिमहरु, वडाका खेलाडीहरुको पनि क्षमता विकास खेलको विकासकालागि बजेट छुट्याएको हो । वडाले छुट्याएको बजेटलाई पूर्ण रुपमा कार्यान्वय गर्ने समेत अध्यक्ष फेवदिनले प्रतिबद्धता जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *